यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ। हुथी विद्रोहीले बुधबार साउदी सेनाले यमनका विभिन्न क्षेत्रमा ३२ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथीको अलमसिराह टेलिभिजनका अनुसार साउदी विमानले मारिब, अल–जौफ, ताइज र होदेइडाका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन्। एक दिनअघि हुथीहरूले साउदी अरबमा ठूलो आक्रमण गरेपछि साउदी पक्षले जवाफी कारबाही गरेको […]