मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन् । एक सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको उनका सहयोगीले जानकारी दिएका छन् । सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मङ्गलबार बिहान होशमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो । प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उनको दाहिने खुट्टामा हिप […]