काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । सोही बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने भएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनको बारेमा पनि बैठकमा छलफल हुने पार्टीका एक नेताले बताएका हुन् […]