टिपरको ठक्करबाट बालिकाको मृत्यु

जनकपुरधाम, १३ असोज । जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । […]