काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई खोज, उद्धार, राहत तथा मृतकको पहिचानका लागि सहयोग उपलब्ध गराइरहेको जनाएको छ। भारतको विदेश मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि भारतीय राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) पठाउन प्रस्ताव गर्नुका साथै भारतीय वायुसेनाका विमानमार्फत अत्यावश्यक राहत सामग्री नेपाल पठाइएको जनाएको छ। भारतले हालसम्म तीनवटा […]