सबै नागरिकलाई खोप लगाउने प्रयासमा छौं : मन्त्री तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् ।  मंगलबार बागमती प्रदेश स्काउट अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउनका लागि सरकारले प्रयास गरिरहेको बताएका हुन् । खोप ल्याउने क्रम जारी रहेको भन्दै उनले उमेर समूह अनुसार क्रमशः खोप दिदैँ जाने बताए । दोस्रो मात्रा लग