प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको घरमा ढुंगा हान्ने व्यक्ति पक्राउ

माघ ५, वीरगंज  । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको वीरगञ्जस्थित घरमा ढुंगा हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश राजधानी जनकपुर र प्रदेशको नाम मधेस राखेको विरोधमा मुख्यमन्त्री राउतको वीरगञ्ज तेजारथ टोलस्थित घरमा ढुंगा हानेको आरोपमा प्रहरीले वीरगञ्ज १ का सुमन पटेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । नेपाली कांग्रेस वीरगञ्ज नगर कमिटिले मंगलबार निकालेको विरोध र्‍यालीका क्रममा मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको झ्यालका २ ओटा सिसा फुटेको प्रहरीले बताएको छ ।

सम्बन्धित सामग्री

गण्डकीका ९९.५ प्रतिशत घरमा विद्युत

गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन।...

जब बर्दगोरियाका चौधरीको घरमा खाना खान पुगे मुख्यमन्त्री शाह

काठमाडौं, २९ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह एक स्थानीयको घरमा खाना खाएका छन्। शुक्रबार पार्टीको कामका लागि कैलालीको बर्दगोरिया गाउँपालिका पुगेका मुख्यमन्त्री शाहले सोही गाउँका स्थानीयसँग उनकै घरमा खाना खाएका छन्। मुख्यमन्त्री शाहले बर्दगोरिया गाउँपालिका-४ पुर्बी मुक्ति टोलमा मुक्त कमैया तथा भलमान्सा छिमानन्द चौधरीको घरमा उनको परिवारसँगै बसेर खाना खाएका हुन्।

मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गर्ने युवक रिहा

मंगलबारको विरोध प्रदर्शनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरको सिसा फुटाएको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् । प्रदेश राजधानी जनकपुर तोकिएपछि निस्केको विरोध प्रदर्शनमा मुख्यमन्त्री राउतको घरमा ढुंगा...

मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ

वीरगंज : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। मंगलवार दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको निवासमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका हो। पक्राउ पर्नेमा वीरगंज-१ निवासी २६ वर्षीय सुमन पटेल रहेका छन्। पटेलले जनकपुरलाई प्रदेशको राजधानी बनाएको…

मुख्यमन्त्री राउतको घरमा तोडफोड गर्ने काँग्रेसका कार्यकर्ता पक्राउ

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगामुढा गरेको आरोपमा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । मंगलबार वीरगञ्जस्थित मुख्यमन्त्री राउतको गृह निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षका सुमन पटेल रहेको जनाइएको छ । पर्सा प्रहरीका अनुसार उनी नेपाली काँग्रेसका कार्यकर्ता हुन् । आरोपित पटेलमाथि प्रहरीले आपराधिक उपद्रव कसुरमा मुद्दामा कारबाही गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार प्रदेशसभा बैठकमा भएको

मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

पर्सा- मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनाई जनकपुरलाई बनाएको भन्दै त्यसको विरोधमा मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्लामा विरोध प्रदर्शन गरिएको छ। वीरगञ्जका प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेर झ्यालका सीसा फुटाइदिएका छन्। प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी […]

मुख्यमन्त्री राउतको घरमा ढुंगा हानेको आरोपमा एकजना पक्राउ

वीरगञ्ज– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीको वीरगञ्जस्थित घरमा ढुंगा प्रहार गरेको आरोपमा एक जनाविरुद्ध पर्सा प्रहरीले आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। नेपाली कांग्रेसका कार्यकर्ता वीरगञ्ज महानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षका सुमन पटेलविरुद्ध पर्सा प्रहरीले आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। मंगलबार दिउँसो जनकपुरधाम राजधानी तोकिएको विरोधमा […]

मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।प्रदेशको राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै काँग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र  मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्

मुख्यमन्त्री योगी आदित्यनाथले दलितको घरमा खाए खिचडी

भारतको उत्तर प्रदेशमा विधानसभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र नेतृत्व चुनाव प्रचारप्रसारमा सक्रिय भएको छ । यसैक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दलितको घरमा खिचडी खाएको तस्वीर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । उत्तर प्रदेशको चुनावमा धार्मिक समीकरण मात्रै नभई जातीय प्रभाव समेत पर्ने विश्लेषण गर्दै नेताहरू विभिन्न जाति समुदायलाई खुशी पार्नतिर लागेका छन् । उत्तर प्रदेशमा २१% दलित मतदाता रहेका छन् । मुख्यमन्त्री योगीले गोरखपुरस्थित दलितको घरमा खिचडी खानुलाई दलित मतदाता रिझाउने उपायका रूपमा हेर...

कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भयो : मुख्यमन्त्री पौडेल

हेटौंडा  :  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट पार्टीभित्र आफ्नै घरमा आगो लगाउने काम भइरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको सस्ंथापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले कम्युनिष्ट पार्टीभित्रैका व्यक्तिहरुले आफ्नो घरलाई आगो लगाएर खरानी बनाई अर्काको घरमा आगो ताप्न खोजिरहेको बताए।‘आफ्नो घरलाई आगो लगाएर खरानी बनाउने अनि अर्काको घरमा आगो ताप्न जाने प्रवृति देखेर पुष्पलालक