राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

न्युज अफ नेपाल, काठमाडौ‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि संसद शीतल निवास पठाएको थियो […]