असन्तुष्ट समूह पार्टीमा फर्किए ‘आममाफी’ दिन ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी अ‍ोलीले बाटो बिराएकाहरु पार्टीमा फर्किए ‘आममाफी’ दिने जनाएका छन्। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीलाई बलियो बनाउने संकल्पका साथ आए विगतका क्रियाकलापलाई क्षमा दिनसक्ने बताएका थिए। बैठकले एकताको प्रयास अन्तिम समयसम्म जारी राख्ने र बाटो बिराएकाहरुलाई आफ्नो कमजोरी सच्याएर फर्कन अपिल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। […]