फरवार्ड लघुवित्तको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा आउँदै

जेठ २६, काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनी आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा विक्री हुने भएको छ ।  कम्पनीले ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको हो । उक्त शेयर खरीद दगर्न इच्छुक आवेदकले आवेदकले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  शेयरको न्यूनतम मूल्य रू. ८५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको हो ।  असार १७ गतेसम्म प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे विक्री प्रबन्धकको कार्यलयमा खाल्ने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।