चितवन एमालेको अधिवेशन स्थगित

नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी न