ल्होसार पर्वले राष्ट्रिय एकता प्रवर्द्धन गर्नेछ : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने बताएका छन् । तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताएका छन् […]