हेलम्बु र मेलम्चीका बाढी पीडित विस्थापित

सिन्धुपाल्चाेक – भेमाथाङमा गएकाे असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएकाे ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र कराैडाैँ रुपैयाँ बराबरका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढी पीडित फेरि विस्थापित भएका छन् ।हेलम्बु १ की आशा लामा भन्नुहुन्छ, बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ, यहाँ पनि जोखिम बढ्यो, अब कहाँ बस्ने ? उहाँजस्तै ९० परिवार घर असार १ को पहिराेले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीक...

सम्बन्धित सामग्री

सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी पीडित आन्दोलित

काठमाडौं : तीन तहकै सरकारले बेवास्ता गरेको भन्दै सिन्धुपाल्चाेककाे हेलम्बुका बाढी प्रभावितले सङ्घर्ष समिति गठन गरेका छन्।शनिबार ३५ सदस्यीय हेलम्बु–मेलम्ची खोला बाढी पीडित संघर्ष समिति गठन गरेका हुन्। भरत थापा अध्यक्ष रहेको समितिमा मिङमार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन्।बाढी गएको ४५ दिन भइसक्दा पनि तीनै तहको सरकारले समस्या सुनुवाइ नगरेपछि संघर्ष समिति गठन गरेको अध्यक्ष थापाले बताए। बाढी प्रभावितलाई उद्धार तथा पुनर्स्थापित गर्दै क्षति भएका संरचनालाई उठाउन सहयोग पुर्