प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै दुई जना युवाले नाराबाजी गरेका छन् ।  आज साेमवार भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा दुई युवाले प्लेकार्डसहित नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नारा लगाएका हुन् । काठमाण्डौको प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अन्य वक्ताहरूले बोलिसकेपछि बोल्नका लागि देउवालाई उद्घोषकले मञ्चमा बोलाएपछि जाने क्रममा दुई जना युवाले नाराबाजी गरेका हुन् । उनीहरूले राष्ट्रियताको रक्ष...