धनकुटा कारागारमा मतदान सकियो, ४० जनाले गरे मतदान

४ मंसिर, काठमाडौं ।  जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका ८८ कैदीबन्दीमध्ये ४२ जना अस्थायी मतदातामा दर्ता भएका थिए । तीमध्ये एकजनाको मृत्यु भएको र एक जना भर्खरै छुटेकाले ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतपेटिका शिलबन्दी भने ५ बजेपछि मात्रै हुनेछ ।

सम्बन्धित सामग्री

धनकुटामा नमूना मतदान

२१ कात्तिक, धनकुटा । धनकुटामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमूना मतदान गरेको हो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहमा पनि नमूना मतदान कार्यक्रम आयोजना गरिने […]

धनकुटामा नमुना मतदान हुने

१९ कात्तिक, धनकुटा । धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन सात वटै स्थानीय तहको नमुना मतदान आयोजना गर्न लागिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले […]

धनकुटाका १६ वटा मतदान केन्द्र अति संवेदनशील

२७ असोज, धनकुटा । आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् । सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । […]

सोमबार सात ठाउँमा मतदान सम्पन्न

सोमबार विभिन्न जिल्लाका सात स्थानमा मतदान सम्पन्न भएको छ । वैशाख ३० गते विभिन्न कारणले मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये सोमबार धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि र सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवनमा मतदान भएको छ । त्यस्तै रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को भगवती मावि, बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ उच्च मावि तथा बझाङको सु

धनकुटामा स्थगित भएको मतदान आज

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा आज मतदान भईरहेको छ । बैशाख ३० गते स्थगित भएको मतदान आज बिहान ७ बजेबाट सुरु भएको जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ । मतदान स्थलमा नेपाल प्रहरी, सशत्र प्रहरी र बाहिरी सुरक्षाका लागि नेपाली सेना समेतलाई परिचालन गर्ने गरि सुरक्षा व्यवस्था […]

देशभरका ८५ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं- देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

शहीदभूमि–६ मा सोमबार मतदान

धनकुटा : मतदान प्रक्रियामा नेकपा एमाले र गठबन्धनका प्रतिनिधिबीचको विवादका कारण स्थगित शहीदभूमि गापा-६ को निर्वाचन सोमबार हुने भएको छ। निर्वाचन अधिकृतको कार्यालय शहीदभूमिले ठाकुरदेवी मा.वि. र ६ नं. वडा कार्यालयका तीनवटा मतदान केन्द्रमा सोमबार पुनः मतदान गर्ने निर्णय गरेको हो।विवादका कारण शुक्रवार साढे ११ बजेदेखि यो केन्द्रमा मतदान रोकिएको थियो। अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताका तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद भएको थियो। विवाद शुरु भई मतदान कार्य अवरुद्ध भई पटक पटक स

सहिदभूमि गाउँपालिकाकाे तीन वटा स्थलमा मतदान स्थगित

धनकुटा –  मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका प्रतिनिधि बीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान केन्द्रका तीन वटै स्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताउनुभयाे । उहाँका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा चलिरहेको थियो । बाहिरको वातावरण होहल्ला र हुलदंगा भए...

धनकुटामा किरियापुत्रीले गरे मतदान

३० वैशाख, धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ मा किरियापुत्रीले मतदान गरेका छन् । धनकुटा नगरपालिका वडा नं. ३ का वडाअध्यक्षका उम्मेदवार समेत रहेका विकास घिमिरेसहितले भाषा मावि मतदान स्थलमा पुगेर मतदान गरेका हुन् । घिमिरेका बुबा हर्क घिमिरेको काजकिरियामा रहेका वडाअध्यक्षका उम्मेदवार घिमिरे, उनका दाजु विजय घिमिरेलगायत ५ जनाले स्थानीय तहको जनप्रतिनिधि चुन्न […]

साहित्यकार झमक घिमिरेद्वारा मतदान

साहित्यकार झमक घिमिरेले मतदान गरेकी छन् । उनले धनकुटा नगरपालिका वडा नम्बर ३ बाट मतदान गरेकी हुन् । सो स्थानमा झमक घिमिरेले पहिलो मत हाल्दै मतदान शुभारम्भ गरिएको थियो ।