अभिनेत्री स्वेता खड्का बनिन् आमा

काठमाडौं । अभिनेत्री स्वेता खड्का छोरीको आमा बनेकी छन् । मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई काठमाडौंको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा जन्म दिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो समय फिल्मभन्दा व्यापार-व्यवसायमा सक्रिय रहेकी श्वेताले गत वर्ष मंसिरमा प्रेमि विजयेन्द्रसिंह राउतसँग विवाह गरेकी थिइन् । उनीहरूले आफूहरू आमा-बाबु बन्न लागेको खबर केही महिना अगाडि […]

सम्बन्धित सामग्री

बेबी बम्प देखाउँदै स्वेता

अभिनेत्री स्वेता खड्का छिट्टै आमा बन्दैछिन् । प्रेमी विजयेन्द्र सिंह राठौतसँग विवाह गरेकी स्वेता आमा बन्ने खबर केही अगाडि सार्वजनिक भएको थियो । उनी आमा बन्न लागेको खबरले उनको फ्यानमा खुसी छाएको छ । पहिलो सन्तान जन्मदिने तयारीमा रहेकी स्वेता पछिल्लो समय सामाजिक संजाल बेबी बम्पसहित तस्बिर सार्वजनिक गरिहेकी छन् । हाल पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी निकै खुसी देख्न सकिन्छ । केही तस्बिरमा उनको साथमा विजयेन्द्र पनि रहेका छन् । अभिनेत्री श्वेताले गत मंसिरमा विजयेन्द्रसँग व