काठमाडौँ, २ माघ। धादिङको रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले एकजनाको शव भेटिएको जनाएको छ। प्रहरीका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो।अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो […]