चितवनमा तोरी उत्पादनमा वृद्धि

भरतपुर– चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो । कृषि ज्ञान केन्द्र चितवनले विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने बताएको छ । विगतमा तोरीमा लाग्ने रोग […]

सम्बन्धित सामग्री

चितवनमा क्षेत्रफल बढेसँगै तोरीको उत्पादन पनि बढ्दो

मंसिर २३, चितवन । चितवनमा पछिल्ला वर्षहरुमा तोरीको क्षेत्रफल बढेसँगै तोरी उत्पादनमा पनि वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७ मा १२ हजार २५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा उक्त वर्ष १२ हजार १८० मेट्रिक टन तोरी उत्पादन भएको छ ।  यस्तै, आर्थिक वर्ष ०७७/७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार २१८ मेट्रिक टन र ०७७/७८ मा १२ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोले यो वर्ष तोरीको क्षेत्रफलमा थप वृद्धि भई उत्पादन पनि सोही अनुसार वृद्धि हुने अनुमान गरिएको छ ।  ‘अहिले मौसम अनुकुल छ, तोरी राम्रो फुलेको छ, तुषारो पनि परेको छैन ।’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने । उनका अनुसार  पछिल्ला वर्षहरुमा क्षेत्रफलसँगै तोरीमा कृषकहरुको आकर्षण पनि बढ्दै गएकोले पनि उत्पादनमा पनि वृद्धि हुंँदै गएको पाण्डेले बताए ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षणसँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकोले पनि तोरीको क्षेत्रफलसँगै उत्पादनमा वृद्धि भएको बताए । ‘तोरीको मूल्य वृद्धिसँगै माग पनि बढ्यो, उनले भने, अन्य खेती छोडेर कृषकले तोरी लगाउन थाले ।’ यो वर्ष माडीमा ब्लक कार्यक्रम चलाइएको र तोरीको फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकोले तोरी उत्पादनमा वृद्धि हुने पौडेलको भनाइ छ । यसभन्दा अघिका आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसँगै तोरीको उत्पादनमा पनि घटबढ भएको छ । जसअनुसार ०७४/७५ मा १२ हजार २५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार २०० मेट्रिकन, तोरी उत्पादन र आव ०७५/७६ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार १२ हजार ३०० मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  तोरीको उत्पादकत्वमा उत्तारचढाव  चितवनमा हरेक वर्ष लगाईदै आएको तोरीबालीको उत्पादकत्वमा उत्तारचढाव आएको छ । प्रतिहेक्टर उत्पादन १ मेट्रिक टनको हाराहारीमा भएपनि मल तथा मौसमका कारण उत्तारचढाव आएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।  जसअनुसार आव ०७४/७५ मा प्रतिहेक्टर उत्पादकत्व ९९५ दशमलव ८३ केजी, ०७५/७६ मा एकहजार ३ दशमलव २६, आव ०७६/७७ मा ९९३ दशमलव ८८, ०७७/७८ मा ९९६ दशमलव ५७ र चालू आर्थिक वर्षमा पनि १ हजार हुने अनुमान गरिएको छ ।  यो वर्ष गत वर्षभन्दा १० हेक्टर क्षेत्रफलमा वृद्धि भएकोले १० मेट्रिक टन बढी तोरी उत्पादन हुने अनुमान गरिएको हो । ‘मौसम, मल, क्षेत्रफल, सिँचाइको पर्याप्तता अनुसार यसको उत्पादकत्वमा पनि असर पर्छ ।’ ज्ञान केन्द्र प्रमुख पाण्डेले भने ।  चितवनमा तेलहन बालीमा तोरी, सर्स्यु, तिलबाली लगाईदै आएको छ । यहाँ स्थानीय उन्नति, प्रगति, लुम्ले १, प्रिति मोरङ जातको तोरी लगाईन्छ भने सर्स्युमा कृष्णा पुसा र पुसा बोल्ड जातको लगाईन्छ ।  चितवनमा खेती योग्य जमिनको करीब २८ प्रतिशत क्षेत्रफलमा तेलहन बाली लगाईदै आएको छ । विशेषगरी नेपालमा चितवन लगायत बाँके, बर्दिया, कैलाली, दाङ, कैलाली, मोरङ, सुनसरी र खोटाङ जिल्लामा तेलहन बाली लगाइने गरिन्छ ।