सत्तासाझेदार दलमा जुटेन सहमति

काठमाडौं । सत्तासाझेदार १० दल उपराष्ट्रपतिमा साझा उम्मेदवार चयन गर्न असमर्थ भएका छन् । शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे आइतबारसम्ममा सहमति जुटाउने तयारी भएको राउतको भनाई […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा जारी बैठकको मुख्य एजेन्डा बागमती प्रदेश सरकारको नेतृत्व छोड्ने कि नछोड्ने भन्नेमा केन्द्रीत छ। नेपाली कांग्रेस बागमती प्रदेशले सहमति अनुसार मुख्यमन्त्री छोड्न नेकपा एसलाई दबाब बढाएपछि नेकपा एस छलफलमा जुटेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले […]

मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी प्रचारमा जान अनुमति

काठमाडौं । निर्वाचन आयोगले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई पार्टी नेताको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुन अनुमति दिएको छ । उनी सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)की सचिव हुन् । झाँक्रीले केन्द्रीय कमिटीको सचिवको हैसियतमा चुनावी प्रचारप्रसारमा सहभागी हुनका लागि सहमति मागेकामा आयोगले अनुमति दिएको हो । उनलाई मन्त्रीको हैसियतमा प्राप्त कुनै पनि...

कर्णालीमा सत्तासाझेदार दल सहमतिको अन्तिम प्रयासमा

कर्णाली । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ ।

एमालेसँगको तालमेल कांग्रेसमा भर पर्छ : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा (एमाले)सँग चुनावी तालमेलको सम्भावना नभएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भन्ने कुनै कुरा नहुने पनि बताए । एमालेसँगको तालमेल कांग्रेसको गतिविधिमा भर पर्ने उनले उल्लेख गरे । “एमालेसँग सहमति र सहकार्य हुने...

झलनाथ भन्छन्– सडक बल्छ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीका विषयमा ‘सडक बल्ने’ बताएका छन् । बिहीबारको संसद् बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्न कहिल्यै पनि सहमति नजुट्ने दाबी गरे । “सडक तात्ने मात्र होइन, बल्छ,” उनले भने ।

माओवादीका नेता भन्छन्– एमसीसी आज संसद्मा टेबल हुन्छ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनका लागि आज संसद्मा टेबल हुने बताएका छन् । बाह्रखरीसँग माओवादी केन्द्रका एक नेताले एमसीसी टेबल गर्न पार्टीमा सहमति जुटेको दाबी गरे । तर, टेबल गर्न दिए पनि पक्षमा भने मतदान नगर्ने ती नेताको भनाइ छ । “एमसीसी आज संसद्मा...

प्रधानमन्त्री र प्रचण्डबीच संसदमा एमसीसी टेबुल नगर्ने सहमति

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस नगर्ने सहमति भएको छ । अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) १६ फागुनभित्र अनुमोदन गरिसक्न अमेरिकाले दबाब दिइरहेका बेला बुधबारको बैठकमा सो प्रस्ताव पेस गर्ने तयारी गरेको थियो । तर, एमसीसी […]

महाभियोग वा एमसीसीबारे सोचेर संसद् बैठक बोलाइएको होइन : प्रचण्ड

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीचको सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन्  ।अध्यक्ष प्रचण्डले यही मङ्सिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरूबिचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको प्रस्ट्याएका हुन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशन