कोरोना संक्रमणबाट दाङका एक पत्रकारको निधन

अवस्था जटिल बन्दै गएपछि केहि दिन अघि उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पुर्याईएको थियो । काठमाडौँ स्थित करुणा अस्पतालमा भेन्लिेटरमा राखेर उपचार गरिएका अधिकारीको मंगलबार राती निधन भएको हो ।...

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेसँगै दाङका विद्यालय बन्द

पुस २४, दाङ । कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर क्षेत्रका विद्यालयहरु बन्द हुने भएका छन् ।  सो क्षेत्रमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै पुस २५ गतेदेखि माघ ३ गतेसम्मका लागि विद्यालय बन्द रहने तुलसीपुर उपमहानगरपालिकाले निर्णय गरेको हो । तुलसीपुर उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रवार विज्ञप्ति जारी गर्दै फैलिदो कोरोना संक्रमणको चेन ब्रेकका लागि पुस २५ गतेदेखि माघ ३ गतेसम्म यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयलाई भौतिक रुपमा पठनपाठन रोक्न आग्रह गरेको छ ।  साथै, भौतिक रुपमा भइरहेका आन्तरिक परीक्षा समेत रोक्न आग्रह गरिएको छ । माघ ४ गतेदेखि अवस्था हेरेर विद्यालय खोलिने विज्ञप्तिमा उल्लेख छ । केही दिनदेखि तुलसीपुर क्षेत्रका विद्यालयहरुमा शिक्षक र विद्यार्थीमाथि कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।  पाँच दिनको अवधिमा सो क्षेत्रमा शिक्षक र विद्यार्थी गरी ८४ जनामा कोरोना पुष्टि भएको छ । ओमिक्रोन परीक्षणका लागि २० स्वाव काठमाडौं पठाइयो तुलसीपुर क्षेत्रका केही विद्यालयमा कोरोना संक्रमण बढेपछि ओमिक्रोन भए नभएको जाँच गर्न २० जनाको स्वाब काठमाडौं पठाइएको छ ।  नयाँ भेरियन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब काठमाडांै पठाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

कोरोना संक्रमण बढेपछि दाङका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो । सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । […]

भेरी अस्पतालमा उपचारत बर्दिया र दाङका दुई सङ्क्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका भएका थप दुईजना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ दाङका ४० वर्षीया महिला र ठाकुरबाबा नगरपालिका–१ बर्दियाका ४५ वर्षीय पुरुषको उपचार गराउँदा गराउँदै भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । फोकल पर्सन ओलीका अनुसार दाङका ४० वर्षीया महिलालाई भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई त्यसै दिन उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा गत राती ८ बजे मृत्यु भएको हो ।

दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने

कोरोना संक्रमण दर घटेको भन्दै दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने...

दाङमा कोरोना संक्रमण घट्दै, सक्रिय संक्रमितको संख्या ३०७ मा झर्‍याे

दाङ । दाङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । दाङमा जेठको तेस्रो सातादेखि कोरोना संक्रमितको दर घट्न थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख कमल चन्दले जानकारी दिए । उनकाअनुसार निरन्तरको निषेधाज्ञा र उच्च सतर्कता अपनाएकाले जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पहिले दैनिक जिल्लामा ७०–७५ प्रतिशत व्यक्तिहरूमा कोरोना संक्रमण...

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका म्याग्दी, रुपन्देही र दाङका तीन जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अनुसार वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आज दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ३२ वर्षका युवाको स्वास्थ्य

दाङका कोरोना फोकल पर्सन चन्दलाई कोरोना संक्रमण

दाङ । दाङका कोरोना फोकल पर्सन कमल चन्दलाई कोरोना संक्रमण भएकाे छ । हाल उनी आइसोलेसनमा छन् । जिल्ला जनश्वास्थ्य कार्यालय दाङले चन्दलाई काेराेना भएकाे पुष्टि गर्दै उनलाई आइसोलेसनमा पठाइएको जनाएकाे छ ।

दाङका पत्रकारसहित दुईजना संक्रमितको मृत्यु

८ वैशाख, बुटवल । कोरोना संक्रमित दाङका एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति मृत्यु भएको हो । केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । […]

दाङका कसैमा पनि कोरोना नभएको पुष्टि

दाङ । दाङका ८ जनालाई पनि कोरोना नभएको पुष्टि भएको छ । योसहित अब दाङका २० जनामानै कोरोना संक्रमण नभएको अस्पतालले