एमसीसीको चर्चा : सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा चलिरहेकै बेला सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारत पुगेका छन् । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ ।‘वहाँ पारिवारिक कामले भारत जानु भएको हो । आज बिहान काठमाडौँबाट नयाँ दिल्ली जाने कार्यक्रम तय थियो । तर, विमानमा सिट नपाएका कारण वहाँ काठमाडौँबाट बिराटनगर अनि त्यहाँबाट सिलिगुडी हुँदै कलकता जानुभएको हो । वहाँको ससुराली त्यहीँ हो । वहाँको जेठानले बोलाउनुभएकोले जानुभएको हो । वहाँ भोलिसम्म बस