खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैँ सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ । कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चाम