भारतीय गायक भूपिन्दर सिंहको निधन

काठमाडौं : भारतीय प्रसिद्ध गायक भूपिन्दर सिंहको निधन भएको छ। उनको मुम्बईस्थित अस्पतालमा गएराति निधन भएको उनकी श्रीमती मिताली सिंहले जनाएकी हुन्। ‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’ लगायत चर्चित गीत उनले गाएका छन्। सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। 

सम्बन्धित सामग्री

रहेनन् भारतीय गजल गायक भूपिन्दर सिंह

काठमाडौं । भेट्रान भारतीय गजल गायक भूपिन्दर सिंहको सोमबार मुम्बईको एक अस्पतालमा निधन भएको छ । आन्द्राको क्यान्सर र कोभिड १९ सम्बन्धी शंकास्पद जटिलता देखिएपछि ८२ वर्षको उमेरमा उनको निधन भएको हो । ‘आने से उसके आए बहार’, ‘दिल धुन्धता है’, ‘एक अकेला’ आदि जस्ता थुप्रै चर्चित गजल तथा गीतहरुमा भूपिन्दरले स्वर भरेका थिए । […]