नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपीडी चलाउने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रित निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । शनिबार (भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपीडी संचालन गर्ने अस्पतालले जानकारी दिएको छ ।निःशुल्क ओपीडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् । शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी संचालन हुनेछ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरूले निःशुल्क ओपीडीमा

सम्बन्धित सामग्री

चैतभर नर्भिकले युरोलोजी केन्द्रित अभियान चलाउने, शनिबार निःशुल्क ओपीडी

काठमाडाैँ – नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभरि युरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिकको यही रणनीतिअनुसार आउने शनिबार पनि युरोलोजीको २ वटा टिम नै निःशुल्क ओपीडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ। अस्पतालले यो महिनाको सुरुवातदेखि नै युरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिबार निःशुल्क ओपीडी चलाएको थियो। […]