जिल्ला फुटबल संघ सिन्धुलीको निर्वाचन अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय एन्फा कप्लेक्स सातदोबाटोमा हुने भएको छ । निर्वाचन वैशाख २२ हुने भएको हो ।एन्फाले गठन गरेको निर्वाचन समस्या तथा विवाद समाधान समितिले सिन्धुलीको निर्वाचन वैशाख २२ गते गर्ने निर्णय छ । आन्तरिक विवादको कारण सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन रोकिएको थियो ।त्यस्तै सुर्खेत जिल्ला फुटबलसंघको निर्वाचन १८ गतेसम्म गरिसक्ने एन्फाले पत्र पठाइ सकेको छ ।