जेरुसेलममा चर्कियो हिंसा, इजरायलद्वारा रकेट प्रहार

जेरुसेलममा भएको तनाव चर्किएर भिडन्तको स्थिति आएपछि सोमवार साँझ उक्त शहर तथा गाजाको सीमा नजिक रकेट प्रहार गरिएका छन् ।    इजरायलले रकेट प्रहार गरेर गाजाका १३० वटा सैन्य टार्गेटमा आक्रमण गरेको जनाएको छ । त्यसक्रममा १५ जना लडाकूहरू मारिएको उसले जानकारी दिएको छ ।  सोमवार जेरुसेलमको पवित्र शहरमा सयौं प्यालेस्टाइनीहरू इजरायली प्रहरीसँग भिडेका थिए ।  इजरायली डिफेन्स फोर्सेसका अनुसार, गाजापट्टीमा रहेका लडाकू समूहले जेरुसेलममा साँझ ६ बजे ६ वटा रकेट प्रहार गरेका थिए ।  रात परेपछि आईडी...

सम्बन्धित सामग्री

युद्धबिरामका बिचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार

गाजा– इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  युद्धबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो । जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ। यसअघि, इजरायली मिडियाले देशको […]

रुसी सेनाले गर्यो ३६ रकेट प्रहार

किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ऊर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा ‘ठूलो हमला’ गरेको बताएका छन् । हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा शत्रुले ठूलो हमला गरेका छन्’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् । रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै […]

बग्दादको ‘ग्रीन जोन’ मा आठ वटा रकेट प्रहार

बग्दाद – इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार बग्दादको अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन)मा आठ वटा रकेट प्रहार भएका छन । इराकी राजधानीको ग्रिन जोन नजिकै संसद्को अधिवेशनका लागि भेला भएका बेला आक्रमण भएको अल जजिराले सैन्य वक्तव्यलाई उद्धृत गर्दै जनाएको छ । अल जजिराका अनुसार ३२९ […]

बग्दादको 'ग्रीन जोन' मा रकेट प्रहार

इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसद्को बैठक चलिरहेका बेला बिहीवार बग्दादको अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन) मा आठ वटा रकेट प्रहार भएका छन् ।  इराकी राजधानीको ग्रीन जोन नजिकै संसद्को अधिवेशनका लागि भेला भएका बेला आक्रमण भएको अल जजिराले सैन्य वक्तव्यलाई उद्धृत गर्दै जनाएको छ । अल जजिराका अनुसार ३ सय २९ सदस्यमध्ये कम्तीमा २ सय ६९ जना उपस्थित भइ अधिवेशन स्थगनका लागि गणपूरक सङ्ख्या पुगेपछि इराकी संसद्को बैठक स्थगन गरी दिउँसो पुनः बस्ने गरी सूचना जारी गरिएको थियो ।  राष्ट्रपतिको मनोन...

युक्रेनको स्वतन्त्रता दिवसमा रुसद्वारा रकेट प्रहार

एजेन्सी, ९ भदौ । यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध युद्ध छेडेको थियो । रुसले यो युद्ध एक साताभित्र अन्त्य गर्ने विश्वास गरिएको थियो तर ६ महिना बितिसक्दा पनि रुसको अधिकांश सफलता पूर्वी युक्रेनबाट पायो । भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार युक्रेनको ३१ औं स्वतन्त्रता दिवसमा रुसले चलिरहेको रेलमा रकेट प्रहार गरेको छ । […]

युक्रेनको व्यस्त सपिङ मलमा रकेट प्रहार

युक्रेनको पोल्टावा क्षेत्रको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रकेट प्रहार भएको छ । घटनास्थलका तस्बिरहरूमा मलमा पूर्ण रूपमा जलेको देखिन्छ । राष्ट्रपति जेलेन्स्कीले हमलाको समयमा मलमा १,००० मानिस थिए।आक्रमणमा परी हालसम्म कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने २० जना घाइते भएका छन् । यसमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ । सहरका मेयरले आक्रमणलाई 'अर्को रूसी युद्ध अपराध, मानवता विरुद्धको अपराध - सर्वसाधारण जनता विरुद्ध आतंक' बताउँदै यसलाई खुला र निन्दनीय कार्य भनेका छन्।

काबुल विमानस्थलमा सोमवार कैयौं रकेट प्रहार

काबुल विमानस्थलमा सोमवार कैयौं रकेट प्रहार गरिएको खबर छ ।  अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक हटाउनका लागि ४८ घन्टाभन्दा कम समय बाँकी रहेको बेलामा यो आक्रमण गरिएको हो ।  प्रत्यक्षदर्शीहरूका अनुसार, ती रकेटहरू एउटा कारबाट प्रहार गरिएका थिए र विमानस्थललाई तारो बनाउने तिनीहरूको लक्ष्य थियो ।  विमानस्थल नजिकैको टोल सलिम कारवानमा एउटा रकेट खसेको बताइएको छ ।  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।  अमेरिकाले सोमवार बिहानै पाँचवटा रकेटलाई बीचैमा ध्वस्त पारेको बताएको छ । ...

काबुल विमानस्थल लक्षित रकेट आक्रमण

अफगानिस्तानमा काबुल विमानस्थललाई लक्षित गर्दै रकेट प्रहार भएको छ। काबुल विमानस्थलतर्फ लक्षित गर्दे करिब पाँच वटा रकेट प्रहार भएको र त्यसलाई अमेरिकी सेनाको एन्टी मिसाईल डिफेन्स सिस्टमलले नष्ट गरिदिएको बिबिसीले...

अफगानिस्तान : राष्ट्रपति भवन नजिक रकेट प्रहार

अफगानिस्तानको राजधानी काबुलमा मंगलवार ईद अल अदाको प्रार्थना चलिरहेको बेलामा राष्ट्रपति भवन नजिक रकेट प्रहार गरिएको छ ।  भवन नजिक तीनवटा रकेटहरू भुइँमा खसेका छन् ।  ती रकेट परवान ए से इलाकाबाट प्रहार गरिएका थिए । काबुलको डिस्ट्रिक्ट १ मा रहेको बाग-ए-अली मर्दान र चमन-ए-होजोरी इलाकामा खसेका थिए ।  डिस्ट्रिक्ट २ को मानाबे बशारी इलाकामा पनि रकेट खसेका थिए । अमेरिका सेना अफगानिस्तानबाट हटेसँगै तालिबानले देशका अधिकांश भागमा कब्जा गर्न लागेको छ । राजधानी काबुल पनि कब्जा गर्न तालिबान उद्यत देखिन्...

अफगानी राष्ट्रपति निवासलाई लक्षित गरी कैयौं रकेट प्रहार

एजेन्सी। अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको काबुलस्थित निवासलाई लक्षित गरी कैयौं रकेट प्रहार गरिएको छ। राष्ट्रपति इदको प्रार्थनामा सहभागी भइरहेका बेला आज उक्त आक्रमण भएको हो। राष्ट्रपति निवासमा आक्रमण हुँदा अन्य पाहुनाहरु पनि त्यहाँ रहेको अफगानिस्तानको सरकारी टेलिभिजनले जनाएको छ। रकेट प्रहारबाट के कति जनधनको क्षति भएको छ अहिलेसम्म स्पष्ट भइसकेको छैन। स्थानीय मिडियाले राष्ट्रपति निवास क्षेत्रमा बिष्फोट भएको बताएका छन्।