आहा-रारा गोल्ड कप भोलिदेखि सुरु हुँदै

पर्वत : पोखरामा आयोजना हुँदै आएको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ। उक्त खेल पहिलो क्वार्टर फाइनल हो। सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार उद्घाटन खेल दिउँसो २ बजे हुँदैछ। चैत २२ मा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनबीच खेल प्रतिस्पर्धा हुनेछ। चैत २३ मा तेस्रो क्वार्टर फाइनल खेलमा संकटा क्लब र मनाङ ...