काठमाण्डाै - बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ ।
बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताउनुभएको छ ।
आज चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताउनुभयो ।
यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्न...