काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी […]
काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो। दिवसका अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गरिँदैछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहनेछ। प्रदेश तथा स्थानीय सरकार, राजनीतिक […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन वर्तमान आवश्यकता रहेको उनको भनाइ छ । ” आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न […]
काठमाडौँ । संविधान दिवसका अवसरमा एक नागरिक अभियन्ताले संविधानका उपलब्धि संरक्षण गर्दै यसको पूर्ण कार्यान्वयनका लागि नागरिक तहबाट निरन्तर खबरदारी आवश्यक रहेको बताएका छन्। २०७२ को संविधान विभिन्न नागरिक तथा राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको दस्ताबेज भएको उल्लेख गर्दै उनले संघीयता, समावेशिता, सामाजिक न्याय, धर्मनिरपेक्षता र लोकतन्त्र संविधानका महत्वपूर्ण आधार रहेको बताएका छन्। उनले पछिल्लो समय […]