आजदेखि भीमफेदी–कुलेखानी सडकखण्ड बन्द

मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि …

सम्बन्धित सामग्री

भीमफेदी-कुलेखानी सडक पहिरोले पुनः अवरुद्ध

हेटौंडा : हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ।शुक्रबार बिहान गएको पहिरो पन्छाएर साँझबाट सञ्चालनमा आएको सडकखण्ड शनिबार बिहान खसेको पहिरोले पुनः अवरुद्ध भएको हो।शुक्रबार राती परेको पानीले भीमफेदी गाउँपालिका–६, देउरालीनजिक पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।पहिरो पन्छाउने प्रयास भइरहेपनि पानी परिरहेकोले समस्या भएको उनको भनाइ छ।

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।