राजनैतिक गत्यावरोधको परिणाम– संघीय व्यवस्थामा पहिलोपटक ‘बजेट होलिडे’ !

सरकार परिवर्तन र राजनीतिक गतिरोधका कारण मुलुकले संघीय व्यवस्थामा पहिलोपटक बजेट ‘होलिडे’को सामना गर्नुपर्ने भएको छ । संसद्मा प्रतिपक्षी दल नेकपा एमालेको चर्को विरोधका बावजुद पेश गरिएको अध्यादेश बजेट प्रतिस्थापन विधेयक समयमै पारित हुने अवस्था नहुँदा मुलुकले बजेट ‘होलिडे’ को सामना गर्नुपर्ने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेटको आयु सकिनै लाग्दा ढिलो गरी बजेट प्रतिस्थापन विधेयक गत शुक्रवार संसद्मा प्रस्तुत गरेका थिए ।  उक्त विधेयक संसद्मा प्रस्तुत गर्दै गर्दा पनि प्रतिपक्षी दल ...