बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन ७१ जना कोरोना संक्रमितको मृत्यु

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ७१ जनाको मृत्यु भएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै कोरोना संक्रमण तीब्र रुपमा फैलिएको थियो ।

सम्बन्धित सामग्री

एक सातामै ९७ जना कोरोना संक्रमितको मृत्यु,

काठमाडौं : कोरोनाको तेस्रो लहर शुरु भएपछि पछिल्ला केही दिनयता कोरोना संक्रमणले मृत्यु हुने संख्या दैनिक ५ जनाभन्दा बढी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार माघ १० पछि दैनिक कोरोना संक्रमितको संख्या ८ सयभन्दा तलकै अंकमा घुमिरहेको छ।तर संक्रमितको मृत्यु भने दैनिक ५ जनाभन्दा बढी रहेको छ। माघ १५ पछि कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ रहेको छ। गत माघ १५ गते ६ जना संक्रमितको मृत्यु भएकोमा माघ १६ गते ३२ जनाको मृत्यु भएको थियो।यसैगरी माघ १७ गते ८

पाल्पामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

कोरोनाको तेस्रो लहर सुरु भएपछि पहिलो पटक पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको रम्भा–४, हुमीनका ७२ वर्षीय पुरुष र तानसेन–५ का ९१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बेलायतमा कोरोनाको तेस्रो लहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । बेलायतमा कोरोनाको तेस्रो लहरका कारण थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म बेलायतमा १ लाख २८ हजार ३९९ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाको तेस्रो लहर, एकैदिन थपिए २० हजारभन्दा बढी संक्रमित

लण्डन । बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो एक दिनमा २० हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा संक्रमणको कारण थप दश जनाको मृत्यु

बाँके। कोरोनाको दोस्रो लहर सुरु भएसँगै सोमबार बेलुका करीब ४ बजेदेखि मंगलबार बिहान सात बजेसम्म बाँके जिल्लामा उपचाररत १० कोरोना संक्रमितको मृत्यु भएको जिल्लाका कोभिड फोकल पर्शन तेज ओलीले बताए। बाँकेका ५ जना, दाङका ३ जना र बर्दियाका दुईजना गरी दश जना संक्रमितको मृत्यु भएको उनले जनाए। जिल्लाभित्र र बाहिरका गरी बाँके जिल्लामा ५ सय तीस संक्रमितको मृत्यु भएको छ।

वीपी प्रतिष्ठानमा संक्रमितको उपचारमा लापरबाही भएको आरोप

जेठ ४, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारमा आएका कोरोना संक्रमित बिरामीहरुको उपचारमा लापरबाही हुने गरेको बिरामीका कुरुवाहरुले आरोप लगाएका छन् । प्रतिष्ठानको कोभिड–१९ अस्पताल ‘लेभव थ्री’ को अस्पताल हो । अस्पतालमा सुविधायुक्त १०० बेड रहेका छन् । दक्ष जनशक्ति परिचालन गरेर कोभिड संक्रमित बिरामीको उपचारमा लागिरहेको दाबी अस्पतालले गर्दै आएपनि बिरामीका कुरुवाहरुले भने उपचारमा लापरबाही भएको आरोप लगाउँदै आएका छन् ।  छोरालाई कोरोना संक्रमण पुष्टि भए भएपछि कोभिड अस्पतालमा उपचार गराईरहेका ताप्लेजुङका छविराम नेपालीले कोभिड अस्पतालमा व्यवस्थापन फितलो हुँदा बिरामीको राम्रो उपचार नभएको गुनासो पोखे । उनले भने, ‘मैले ११ वर्षको छोरा कोभिड भएर ल्याएको एक हप्ता भयो, अस्पतालले खासै हेर्ने गरेको छैन, धेरै लापरबाही छ ।’  यस्तै गुनासो सप्तरीका जगदिश कुसहवाको पनि छ । बुबालाई कोभिड भएर स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि प्रतिष्ठान ल्याए पनि चिकित्सक तथा नर्सहरुले राम्ररी नहेर्ने गरेको उनले बताए । उनले भने, ‘बिरामीको अवस्थाका बारेमा बेलाबेलामा आफन्तलाई जानकारी गराउनु पर्ने भएपनि त्यस्तो जानकारी नगराउने सोधिहाले पनि राम्ररी जवाफ नदिने प्रवृति कोभिड अस्पतालमा रहेको छ, यो सुधार हुनुपर्छ ।’ उनले बिरामीका आफन्तले पठाइदिएको खाना समेत बिरामीलाई समयमै नदिने, औषधि समयमै नदिने लगायतका गैर जिम्मेवारी काम कोभिड अस्पतालमा भएको गुनासो गरे । बिरामीलाई समयमा खाना नदिने र बिरामीको अवस्थाको बारेमा कुरुवालाई राम्ररी जानकारी नदिने गरेको उनीहरुको भनाइ छ । बिरामीको उपचारमा ध्यान नदिएको गुनासो एकातिर छ भने अर्कोतिर बिरामीका कुरुवाहरुलाई खान र बस्नको पनि समस्या हुन थालेको छ । कोभिड अस्पतालका लागि कुरुवा घर निर्माण भए पनि पानी परेको बेला समस्या हुने गरेको सप्तरीका बिरामीका कुरुवा विद्यानन्द साह बताउँछन् ।  पानी परेको समयमा पालले थेग्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ । लकडाउनका कारण बाहिर होटलहरु बन्द हुँदा खानाको पनि समस्या हुने गरेको छ । केही दिन यता धरान १७ स्थित एक संस्थाले खानाको व्यवस्था गरिदिए पछि राहत मिलेको उनी बताउँछन् । उनले भने, ‘कुरुवाहरुलाई बस्नसँगै खानाको पनि समस्या हुन थालेपछि खानाको व्यवस्था सचेत नागरिक समूह धरान–१७ ले निःशुल्क गरिदिएको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’ यता प्रतिष्ठान व्यवस्थापनले भने कोभिड अस्पतालमा राम्रो व्यवस्थापन रहेको दाबी गरेको छ । प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोख्रेलले बिरामीको उपचार प्रभावकारी रुपमा भइरहेको दावी गरे ।  उनले बिरामीको मनोबल उच्च राख्नको लागि काउन्सिलिङ गराउने, योगा गराउने, पोषिला खानेकुरा खुवाउने लगायतको कार्य निरन्तर रुपमा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘साना तिना समस्या होलान् तर बिरामीलाई गर्ने व्यवहार लगायत उपचारमा कुनै कमी भएको छैन, यसमा कोभिडमा खटिएका सबै गम्भीर छन् ।’ प्रतिष्ठानमा प्रदेश १ र प्रदेश २ का सबै संक्रमित बिरामी उपचार सेवा लिन प्रतिष्ठान आउने गरेका छन् । प्रतिष्ठानमा हालसम्म १ हजार ३९८ जना भर्ना भएका छन् भने १ हजार १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।  कोरोनाको दोस्रो लहर देखा परेसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६५ जना पुगेको छ भने हाल प्रतिष्ठानमा ६५ जना कोभिड संक्रमितको उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

बैतडीमा थप एक कोरोना संक्रमितको मृत्यु

बैतडी : कोरोना संक्रमणबाट मेलौली नगरपालिका–२ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला अस्पतालमा ती पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। केही दिनदेखि लक्षण देखिएका उनी स्वास्थ्यमा जटिलता आएपछि वैशाख २३ गते राति अस्पताल भएका थिए। उनमा सोही दिन कोरोना पुष्टि भएको थियो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको  छ। ती पुरुषको मृत्युसँगै कोरोनाको दोस्रो लहर आएपछि बैतडीमा संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघ

भारतमा एकैदिन ३ लाख ८६ हजारमा कोरोना संक्रमण

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ४५२ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका छन् ।  विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४९८ कोरोना संक्रमितको मृत्यु...

भारतमा एकैदिन ३ लाख ७९ हजारमा कोरोना संक्रमण, ३,६४५ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार २५७ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका छन् ।  विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६४५ कोरोना संक्रमितको मृत्यु...

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा : कोरोना भाइरस संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो।मृतक सर्लाहीको मलंगवा-२ का वासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले बताए। मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो। उनको गम्भीर प्रकारको निमोनियाका कारण  मृत्यु भएको डा. दासले बताए।कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सातजना मृत्यु भइसकेको छ। तीमध्ये नारायण