राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बैठक गरिनेछ भने आगामी फागुनदेखि ७७ वटै जिल्लामा सानाठूला २०० भन्दा बढी आमसभा तथा सभाहरू गर्ने तयारी गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै अध्यक्ष राजेन्द्र लिङ्देनले संगठ