नक्कली बाबु छोरा बनेर नागरिकता लिन खोज्दा दुई जना पक्राउ

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा झुटो विवरण पेस गरी नागरिकता लिन खोज्नेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका वडा नं. ८ को वडा कार्यालयबाट आवश्यक विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि अनुसूची फारम प्रमाणित गरी आएका धर्मराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो । धर्मराजले साबिक खार्पाचोक गा.वि.स. वडा नं.३ हाल रोशी गाउँपालिका वडा नं. ८ घर हुने नानी तामाङ र जमुना तामाङको छोरा बनेर आवश्यक कागजपत्र बनाएका थिए । उनले नानी तामाङ र जमुना त