दाङ- सडक विस्तार गर्ने नाममा दाङमा अवैध रूपमा रुख कटान भएको छ। घोराही उपमहानगरपालिका १ र बंगलाचुलीको सीमा जोड्ने सुवा खोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते साल, अस्ना, सिमल, जामुन लागायतका रुखहरू अज्ञात समूहबाट काटिएपछि डिभिजन वन कार्यालयले अनुसन्धान थालेको छ। घोराही उपमहानगरपालिकादेखि सिमलतारा, मुलाबारी, हाँसीपुर हुँदै भालुबाङ प्युठान सडकखण्डको चैते, शान्तिपुर सडक निर्माणका […]