पर्वत र बागलुङमा सामाजिक विकास कार्यालय स्थापना

असोज ६, पर्वत । पर्वत र बागलुङमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो ।  बागलुङ र पर्वतमा स्थापना भएका कार्यालयका गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका छन् ।   विशेषगरी शिक्षा, संस्कृति, जेष्ठ नागरिक, महिला तथा बालबालिका,  अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो । मन्त्री श्रेष्ठले प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताए ।   प्रदेश सरकारका सेवाहरु हरेक जिल्ला जिल्लावाट प्रवाह गर्नका लागि कार्यालय सञ्चालन गरिएको बताए । उनले प्रदेश सरकारले पोखराबाट प्रवाह गर्ने सेवा जिल्ला तहमा विस्तार गर्ने हेतुका साथ कार्यालय स्थापना गरेको जानकारी दिए ।   मन्त्री श्रेष्ठले समुदायका लागि राज्य रहेको अनुभुती हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताए । पिछडिएको समुदायलाई राज्यको पहुँचमा पुर्‍याउन प्रदेश सरकारले आफ्ना गतिविधिहरु गरिरहेको दाबी गर्दै उनले नागरिकलाई राज्यका सेवा सुविधा द्रुत र सर्वसुलभ रुपमा प्रदान गर्न सरकार लागिपरेको बताए ।  उनले सामाजिक विकास कार्यालय र व्यावसायिक तथा सीप विकास कार्यालयका  कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न निर्देशन समेत दिए ।    

सम्बन्धित सामग्री

पर्वतको कुश्मालाई चार बर्षभित्रमा बालमैत्री नगर बनाउने प्रतिबद्धता

पर्वत । पर्वतको कुश्मा नगरपालिकालाई चार बर्षभित्रमा बालमैत्री शासनयुक्त नगर बनाउन नगरपालिकाका जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । कुश्मालाई २०८३ चैत मसान्त सम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी भएको हो । बालमैत्री शासनका विज्ञहरु, कुश्मा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी, सामाजिक विकास कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको बिचमा भएको ‘बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा […]