तिहारमा ढकमक्क फूलेको सयपत्री (फोटो फिचर)

काभ्रे :  फूलैफूलको पर्व तिहार सुरू हुन अब केही दिन मात्र बाँकी छ। यतिबेला गाउँ तथा शहरका फुलबारीहरूमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन्।तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु(भाइ पूजा गर्न, सयपत्री फूल नै प्रिय मानिन्छन्। खासगरी कुकुर पूजा, गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री, मखमली जस्ता फूल बढी प्रयोग हुन्छ।यसअघि तिहारसमेत प्रायः भारतबाट ल्याएको फूल प्रयोग गर्नुपर्ने बाध्यता थियो। पछिल्लो समय राजधानी आसपासकै केही स्थान