अफगानिस्तानबाट नेपाल आइपुगे १२७ नेपाली (फोटो फिचर)

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन्। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका उनीहरूलाई मंगलबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो।नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रह