काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पहिलोपटक ५ जना महिला सांसद मन्त्री बन्न सफल भएका छन । राज्यले ग्यारेन्टी गरे पनि अहिलेसम्म संघीय क्याबिनेटमा ३३ प्रतिशत महिला पुग्न पाएका थिएनन् । यससँगै प्रधानमन्त्री शाहको मन्त्रीपरिषद्ले संविधानअनुरुप ३३ प्रतिशत महिला सहभागितालाई पहिलोपटक सुनिश्चित गरेको हो । बालेन्द्रको क्याबिनेटमा समानुपातिक र प्रत्यक्ष दुवैतिरबाट […]