८५० घरधुरीलाई सौर्य ऊर्जा वितरण

काठमाडौँ,८ साउन । केन्द्रीय विद्युत् लाइनको पहँुचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण […]

सम्बन्धित सामग्री

विकट गाउँमा सौर्य ऊर्जा वितरण हुने

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको नाँगाउँमा सौर्य ऊर्जा उत्पादन गरिने भएको छ । दोलखाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले यसै वर्ष विद्युत् सेवा पु¥याउने भएको हो । नाँगाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी भइरहेको छ ।

८५० धरधुरीलाई सौर्य ऊर्जा वितरण

केन्द्रीय विद्युत् लाइनको पहुँचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण लाइन पुगिनसकेका कारण सौर्य ऊर्जा वितरण गरिएको उहाँले बताउनुभयो ।

दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ। प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।