कोरोनाका ५३ प्रतिशत सक्रिय संक्रमित काठमाडौंमा, नाका र समुदायमा छैन परीक्षण

काठमाडौं । पुसयता देशभर कोभिड–१९ संक्रमण निरन्तर बढिरहेको छ । विशेषगरी भारतसँग सीमाना जोडिएका जिल्लाहरूमा परीक्षण पोजिटिभ आउने दर बढेको छ । तर, सक्रिय संक्रमितको तथ्यांक हेर्ने हो भने काठमाडौं उच्च जोखिममा छ । तर, काठमाडौं उपत्यकामा अस्पताल तथा प्रयोगशालामा गरिएकाबाहेक न नाकामा एन्टिजेन परीक्षण गरिन्छ न समुदायमा नै ।  आधाभन्दा बढी...

सम्बन्धित सामग्री

अहिले संक्रमित अस्पतालमा हैन समुदायमा छन्

काठमाडौं : कोरोनाको तेस्रो लहर सुरु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ।पछिल्लो समय नेपालमा कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन समुदायमा पुगेसँगै संक्रमण तीव्र फैलिएको छ।कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा हाल धेरै संक्रमित भएका छन्। पछिल्ला केही दिनयता त परीक्षण गरिएकामध्ये आधा जतिमा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ।उपत्यकामा मात्रै कोभिड १९ का ४७ हजार २४ जना सक्रिय संक

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्छ : विज्ञ

पुस २८, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ) ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रामण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ’, उनले भने ।  अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण हुने बताइन् । ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा संक्रमण हुने गर्दथ्यो’, उनले भनिन् ।  ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।  ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ । संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा संक्रमण गराउने बताए । उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिए । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।  बच्ने उपाय      यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।  यस्तै संक्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसंख्याको ७६ दशमलव ५ प्रतिशतले पहिलो मात्रा र ५६ दशमलव ९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।  यस्तै कुल जनसंख्याको ५० दशमलव २ प्रतिशतले पहिलो मात्रा र ३७ दशमलव ३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।  संक्रमण दर बढ्दै  संक्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । यही पुस १९ गते २ दशमलव ६ प्रतिशतमा रहेको संक्रमण दर पुस २७ गते १८ दशमलव ६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२ दशमलव ७ प्रतिशत, पुस २५ गते ९ दशमलव २ प्रतिशतमा मात्र संक्रमण दर रहेको थियो । पुस २० गते ४ दशमलव २ प्रतिशत, पुस २१ गते ४ दशमलव ३ प्रतिशत, पुस २२ गते ४ दशमलव ५ प्रतिशत, पुस २३ गते ६ दशमलव ५ प्रतिशत र पुस २४ गते ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको थियो ।  पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा संक्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ संक्रमित र सात हजार ८५५ सक्रिय संक्रमित तथा पुस २५ गते संक्रमित एक हजार १६७ पुगेको र सक्रिय संक्रमित छ हजार ७५५ देखिएका छन् ।  ओमिक्रोन भेरियन्ट रोकथामको तयारी सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आईसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ । उनका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् ।  यस्तै, अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सट्रेटर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ ओटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आईसोलेशन शय्या, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् ।  मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । ‘पोजेटिभ संक्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौ, मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन् । रासस

कोरोना संक्रमणबाट काभ्रेमा ४ महीनामा १३७ जनाको मृत्यु, १० हजार संक्रमित

भदौ २, काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता चार महीनाका अवधिमा काभ्रेमा १३७ जना संक्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।  गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ संक्रमितको मृत्यु भएको थियो । उक्त अवधिका तीन हजार ४५० मा संक्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को तथ्यांकमा उल्लेख छ । गतअसार महीनामा नगन्य मात्रामा कोरोना संक्रमणबाट मृत्युको घटना भए पनि साउनमा मृत्युदर बढेको थियो । हालसम्म जिल्लाका १३ हजार ६६५ मा संक्रमण देखिएकोमा १८२ को मृत्यु भएको छ । यसमध्ये करीब साढे तीन हजार गत सालका संक्रमित हुन् भने १० हजारभन्दा बढी संक्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।  हालसम्मका कुल संक्रमितमध्ये ९५ प्रतिशत अर्थात् १२ हजार ९४० संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो केही हप्तादेखि संक्रमण र मृत्युदर बढ्न थालेपछि गत साउन २५ गतेदेखि यही भदौ ३ गतेसम्म निषेधाज्ञामा थप कडाइ गरिएको छ । हाल दैनिक संक्रमणदर ५० देखि १०० को हाराहारीमा रहेको केन्द्रको तथ्यांकले देखाएको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते जिल्लाको धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट कारण मृत्यु भएको थियो । नेपालमा यो पहिलो घटना हो । कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै संख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले बताएको छ । ‘संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो’, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ । संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई आवश्यक अक्सिजनसहित पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ ।  केन्द्र संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्थानीय तहमा रहेका आइसोलेशन अक्सिजनसहित पुनःसञ्चालनमा ल्याउन निर्देशन दिइएको बताए । उनले भने, ‘संक्रमणदर दैनिक बढ्न थालेपछि स्थानीय तहका आइसोलेशन अक्सिजन सुविधासहित पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छौँ ।’ उनका अनुसार संक्रमण उच्च रहेका केही स्थानीय तहमा भने आइसोलेशन सञ्चालनरत रहेका छन् । आगामी केही महिनामा संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएपछि पनौती नगरले बालबालिकाको लागि गत असारमै आइसोलेशन निर्माण गरेको छ । नगरले ४ नम्बर वडा कार्यालयमा हाललाई ३० शय्याको अक्सिजनसहितको आइसोलेशन बनाएको हो ।  केन्द्रले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को संक्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णयसमेत गरेको थियो । धुलिखेल अस्पतालले बालबालिकाको लागि १०० शय्या व्यवस्थापन गर्ने सम्झौता भइसकेको प्रजिअ पोखरलले बताए । धुलिखेल, मेथिनकोट, बनेपास्थित शिर मेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणमा २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा झाले बताए ।  उनका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा संक्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण गर्न लगाइनेछ । ‘प्रक्षेपित तेस्रो लहरले कस्तो क्षति पुर्‍याउँछ सोहीअनुसार वयवस्थापनमा लाग्न तयारी अवस्थामै छौँ’, उनले भने ।  यसैबीच जिल्लामा हाल ५४४ जना सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२४९, धुलिखेलमा १३७, पनौतीमा ५९, पाँचखालमा ६३, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा ३४ तथा रोशी गाउँपालिकामा दुई, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लुमा चार, खानीखोलामा एक, बेथानचोकमा ११ र महाभारत गाउँपालिकामा चार जना सक्रिय संक्रमित रहेको केन्द्रले बताएको छ ।

खुल्ला नाका व्यवस्थित नहुँदा बैतडी कोरोनाको उच्च जोखिममा

वैशाख १८, बैतडी ।  भारतसँगको खुल्लानाका व्यवस्थित नहुँदा कोरोनाको उच्च जोखिममा बैतडी जिल्ला रहेको छ । बैतडीका तीन ओटा स्थनीय तहका सिमा खुलारुपमा भारतसँग जोडिएका छन् । ती मध्ये  बैतडीको जुलाघाट नाकामा मात्र हेल्थडेस्क राखिएको छ ।अहिले भारतमा कोरोना संक्रमण उच्च दरमै फैलिरहेको छ । सरकारले भारतसँग रहेका ती खुल्ला सिमानामा पुर्वसावधानी नअपनाएमा नेपालमा भारतको जस्तो अवस्था आउन सक्ने चिन्ता स्थानीयले गरेका छन् । घरफर्केर सिधै समुदायमा घुलमिल गर्दा संक्रमण फैलने चिन्ता पनि त्यतिकै रहेको छ । बैतडीको दसरथचन्द नगरपालिका पञ्चेश्वर र शिवनाथ गाउँपालिका भारतसँग सिमा जोडिएको छ ।शुक्रवारसम्म बैतडीमा कोरोना संक्रमितको संख्या १५५ जना पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ । यसमा दसरथचन्द नगरपालिकाका सबैभन्दा बढी ८० जना रहेका छन् । पाटन नगरपालिकाका २७, पुर्चौडी नगरपालिकाका २२ र मेलौली नगरपालिका १२ जना सक्रिय संक्रमित रहेका छन् ।  यस्तै दोगडाकेदार गाउँपालिका ७ पञ्चेश्वरका ४ सिगास, शिवनाथ र सुर्नयाका एक/ एक जना रहेको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ । दसरथचन्द नगरपालिकाको जुलाघाटमा हेल्थ डेस्क हुनाले चेकजाँच गर्दा सबैभन्दा बढी भेटिएका हुन् ।