तंग्रिन खोज्दै होमस्टे

कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्।...

सम्बन्धित सामग्री

कोभिडपछि लयमा फर्किंदै स्याङ्जाका घरबास

स्याङ्जा । कोभिड–१९ का कारण बन्द रहेका स्याङ्जाका घरबास (होमस्टे) विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमणको जोखिमका कारण बन्द भएका जिल्लाका विभिन्न ठाउँका होमस्टेहरू संक्रमण घटेसँगै पुनः सञ्चालन हुन थालेका हुन् । जिल्लाका ११ स्थानीय तहमा स्थापित पुराना तथा नयाँ घरबास कोभिडका कारण ठप्पप्रायः थिए । जिल्लामा दक्षिण एशियाकै पहिलो मानिएको सामुदायिक घरबास (सिरुबारी) सहित अन्य पुराना तथा नयाँ घरबास सञ्चालनमा छन् । देशको १०० नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल सिरुबारीमा रहेका होमस्टेहरू कोभिडको जोखिम घटेसँगै फागुन पहिलो सातादेखि सञ्चालनमा आएको सिरुबारी सामुदायिक होमस्टेका व्यवस्थापक उर्मिला गुरुङले बताइन् । ‘कोभिडको पहिलो लहरबाट उठ्न खोज्दा खोज्दै दोस्रो र तेस्रो लहरको नयाँ भेरियन्ट आयो,’ व्यवस्थापक गुरुङले भनिन्, ‘देशव्यापी रूपमा महामारी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पाहुना आउने क्रम रोकियो, अहिले संक्रमण घटेसँगै पुनः सञ्चालनमा ल्याएका छौं ।’ ३९ घरबाट शुरू भएको घरबास हाल २० घरमा सञ्चालित छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट स्वागत गरिन्छ । विशेषगरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढा टाढाबाट पाहुना आउने गर्छन् । कोभिडका कारण बन्द भएको फेदीखोला गाउँपालिका–१ रामकोटको नानीफूपू होमस्टे पनि सञ्चालनमा आएको अध्यक्ष खगीकुमारी गुरुङले बताइन् । ‘घरबासमा आउन देशका विभिन्न भागबाट फोन आउने गरेको थियो,’ अध्यक्ष गुरुङले भनिन्, ‘जोखिमलाई ध्यानमा राखेर पाहुनालाई नआउन अनुरोध गर्दै फर्कायौं, अहिले संक्रमण कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएका छौं ।’ वालिङ नगरपालिका–४ एलादीमा रहेको सुन्तलाबारी सामुदायिक घरबासलाई पनि कोभिडले नराम्रो असर पार्‍यो । दैनिक ४०–५० जना आन्तरिक तथा बाह्य पाहुना आउने गरेको उक्त घरबास अझै खुल्न सकेको छैन । कोभिडको पहिलो लहरमा पूर्णरूपमा बन्द रहेको उक्त घरबास दोस्रो र तेस्रो लहरको शुरुआती चरणबाटै बन्द गरेर पाहुनालाई नआउन अनुरोध गरिएको होमस्टेका अध्यक्ष डिलविक्रम गुरुङले बताए । ‘कोभिड संक्रमण कम हुँदै गएकाले छिट्टै बैठक बसेर सञ्चालनको निर्णय गर्छौं,’ उनले भने । यता, वालिङ–५ मा रहेको पित्लेक देउराली घरबासमा भने पर्यटकको चासो देखिएको छ । ‘घरबास सञ्चालनमा आएसँगै जिल्लाभित्र तथा बाहिरीबाट संघ, संस्था, समूह तथा व्यक्तिहरूको फोन आउन थालेको छ,’ होमस्टेका सचिव तिलक गुरुङले भने, ‘कोभिडकै कारण थला परेको घरबास अब भने तंग्रिन्छ कि भन्ने आशा जागेको छ ।’

कोभिडका कारण थला परेका स्याङ्जाका घरबास तंग्रिन खोज्दै

फागुन १९, स्याङ्जा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण थला परेको स्याङ्जाका घरबास (होमस्टे) हरु विस्तारै खुल्न थालेका छन् । कोभिड-१९ को संक्रमणको जोखिमकै कारण बन्द भएका स्याङ्जाका विभिन्न होमस्टेहरु संक्रमण कमी भएसँगै खुल्न थालेका हुन् । जिल्लाका ११ ओटा स्थानीय तहहरुमा स्थापित पुराना तथा नयाँ घरबासहरु कोभिडका कारण थलिए पनि विस्तारै खुलेसँगै पाहुनाहरुको चलहपहल बढेकाले तङ्ग्रिदै जान थालेका हुन् । होमस्टेको राजधानीको रुपमा परिचित हुँदै गएको स्याङ्जा जिल्लामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (सिरुबारी) सहित यहाँ अन्य पुराना तथा नयाँ नयाँ घरबासहरु पनि सञ्चालनमा छन् । देशभरकै १०० नयाँ पर्यटकीय गन्तब्यमा पर्न सफल रहेको सिरुबारी अघिल्लो कोभिड कहरको अन्त्यसँगै फागुनको पहिलो साताबाट सञ्चालनमा आएको सिरुबारी सामुदायिक होमस्टेका व्यवस्थापक उर्मिला गुरुङले जानकारी दिइन् । ‘पहिलो चरणको कोभिड-१९ को कहरबाट उठ्न खोज्दा खोज्दै दोस्रो र तेस्रो लहरको नयाँ भेरियन्टहरु आइलाग्यो’ व्यवस्थापक गुरुङले भनिन्, ‘देशव्यापी महामारी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पाहुनाहरु आउनेक्रम रोकियो, अहिले संक्रमण घटेसँगै पुनः सञ्चालनमा ल्याएका छौं ।’ ३९ घरबाट शुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ । यहाँ १०० को हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको व्यवस्थापन पक्षकाबारेमा बुझ्न टाढा टाढाबाट पाहुनाहरु आउने गर्छन् । पहिलो चरणको बन्दाबन्दीबाट माथि उठ्न नपाउँदै दोस्रो र तेस्रो चरणको कोभिड १९ का कारण बन्द हुन पुगेको फेदीखोला गाउँपालिका १ रामकोटको नानीफूपू होमस्टे पनि सञ्चालनमा आएको अध्यक्ष खगीकुमारी गुरुङ (नानीफूपू) ले बताइन् । ‘घरबासमा आउनका लागि देशका विभिन्न भागबाट फोन आउने गरेको थियो’ अध्यक्ष गुरुङले भनिन्, ‘जोखिमलाई मध्यनजर गर्दै सम्पर्कमा आएका पाहुनाहरुलाई नआउन अनुरोध गर्दै फर्कायौं तर अहिले संक्रमणको दर कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएका छौं ।’ विश्व शान्ति र ब्रिटिस साम्राज्यको सम्बृद्धिको पक्षको युद्धहरुमा मारिएका र बेपत्ता पारिएका ६० हजारभन्दा बढी दिवंगत गोर्खालीहरुको सम्मानमा साल्मेडाँडामा निर्माणाधिन अवस्थामा रहेको गोरखा स्मारकसँगै रहेकाले पनि यो होमस्टेमा पाहुनाहरुको आवतजावत बढी हुने गरेको छ । वालिङ नगरपालिका ४ एलादीमा रहेको सुन्तलाबारी सामुदायिक घरबासलाई पनि कोभिडले नराम्रो असर पार्‍यो । औसतमा दैनिक ४०–५० जना आन्तरिक तथा बाह्य पाहुनाहरु आउने गरेको उक्त घरबास अझै खुल्न सकेको छैन ।  कोभिडको पहिलो लहरमा पनि पूर्णरुपमा बन्द रहेको उक्त घरबास दोस्रो र तेस्रो लहरको शुरुआती चरणबाटै बन्द गरेर यहाँ पाहुनाहरुलाई नआउन अनुरोध गरिएको अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङले बताए ।  कोभिड १९ को संक्रमण दर अब कम हुँदै गएकाले छिट्टै बैठक बसेर कहिलेबाट सञ्चालन थाल्ने भन्ने निर्णय गर्छौ । कोभिडका कारण बन्दाबन्दीबाट आक्रान्त भएका व्यक्तिहरु संक्रमण दर कम भएसँगै घरबाहिर निस्कने, घुम्ने क्रम बढेसँगै दैनिक पाहुनाको अत्याधिक चाप हुने गरेको वालिङ ५ मा रहेको पित्लेक देउराली घरबासका सचिव तिलक गुरुङले बताए । ‘घरबास सञ्चालनमा आएकासँगै जिल्लाभित्र तथा बाहिरी जिल्लाबाट संघ, संस्था, समूह तथा व्यक्तिहरुको फोन आउन थालेको छ’ सचिव गुरुङले भने, ‘कोभिडकै कारण थला परेको घरबास अब भने तङ्ग्रिन्छ कि भन्ने आशा जागेको छ ।’ पित्लेक देउराली घरबासमा ६० जना पाहुनाहरु राख्न सक्ने क्षमता रहेको छ । कोभिडको संक्रमणदर कम भएसँगै अब विस्तारै पुरानै लयमा फर्किन पाईने विश्वासमा आफूहरु रहेको सचिव गुरुङले बताए । यी प्रतिनिधि घरबासहरु जस्तै जिल्लामा रहेका अन्य घरबासहरु पनि विस्तारै खुल्दै गएका छन् । घरबासहरु खुल्दै गएकाले यहाँ आन्तरिक तथा बाह्य पाहुनाहरु आउन थालेपछि चहलपहल बढ्दै गएको छ ।

बागलुङका ‘होमस्टे’मा आउन थाले पाहुना

होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि बागलुङ काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग गर्नुभयो । पाहुनालाई आफ्नो घरबासमा राख्नुभयो । लामो समय कोरोना र निशेधाज्ञाले उहाँको घरबास सुस्ताएको थियो । उहाँले भन्नुभयो “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ”बिहुँस्थित शिवधुरी …

आउन थाले घरबासमा पाहुना

बलेवा । होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग गर्नुभयो । पाहुनालाई आफ्नो घरबासमा राख्नुभयो । लामो समय कोरोना र निशेधाज्ञाले उहाँको घरबास सुस्ताएको थियो । उहाँले भन्नुभयो “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ” […] The post आउन थाले घरबासमा पाहुना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ रणनीति

बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो । गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ ।           गाउँपालिकाअन्तर्गत रहेका छ वडामा १० वटा घरबास सञ्चालन हुँदै आएका छन् । वडा नं २ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होमस्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको सचिव माया सुनारले बताउनुभयो । कोरोना रोगको न्यूनीकरणसँगै घरबासमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकाले थप हौसला मिलेको उहाँले बताउनुभयो । विशेष गरी उक्त घरबासमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाट्टफुट्ट देखिन थालेको सचिव सुनारले बताउनुभयो ।

अनि पाहुना बाँडिए

गत साता काठमाडौंबाट कास्कीको घान्द्रुक पुगेका तीन युवती ढुंगा, माटोको गारो र ढुंगाकै छानो भएको घर खोज्दै होमस्टेमा पुगे । होमस्टेको आँगनमा पुग्नेबित्तिकै सञ्चालकले परिचय दिए, ‘नमस्कार ! म थमन विक ।’ ती युवतीले होटलभन्दा होमस्टे मन परेकाले बास बस्न चाहेको बताए । थमनले हँसिलो अनुहारमा स्वागत गरे ।

होमस्टेबाट मासिक लाख आम्दानी

मकवानपुर चित्लाङको ‘होमस्टे’ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । राजधानीको धूलो र धूवाँबाट मुक्त हुन आन्तरिक र बाहय पर्यटक स्वच्छ र स्वस्थ वातावरण खोज्दै चित्लाङका होमस्टेमा पुग्ने गरेका छन् ।