अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति आवश्यक छ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहमति विना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने भन्दै उनले सबै रचनात्मक सुझावहरु आत्मसात गरी अगाडि बढ्ने योजना रहेको सुनाए । राजधानीमा आइतबार आयोजित पूर्व अर्थमन्त्रीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले तत्कालको लागि सरकारको प्राथमिकतामा रहेको खोप अभियानमै लगानी केन्द्रीत गरिने जानकारी दिए । “पूर्ण खोप अभियानको सफलतामा नै अर्थतन्त्रको पुनर

सम्बन्धित सामग्री

समाजवाद शब्दमा राष्ट्रिय सहमति आवश्यक छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले समाजवादमा राष्ट्रिय सहमति र परराष्ट्र नीतिलाई सन्तुलित बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । यी दुईवटा कुराहरुमा विभिन्न खालका ‘ल्याकिङ’ रहेकाले राष्ट्रिय सहमति हुनुपर्ने उनको तर्क छ ।‘संविधानमा लेखिएको समाजवाद भन्ने अमूर्त शब्द छ, त्यो समाजवादको बारेमा राष्ट्रिय सहमति आवश्यक छ,’ शर्माले मंगलबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै