तेहरान – इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो । इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ। […]