सभामुख संविधानविद् र शीर्ष नेतासँगको सघन छलफलमा

पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् । विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले सघन छलफलमा जुटेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । ‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग सघन छलफलमा जुट्नुभएको छ,’ सापकोटाले भने, ‘छलफलपछि सायद उहाँको धारणा पनि आजै सार्वजनिक हुनेछ ।’ ।अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएराति राष्ट्रपति विद्य