धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्तारुढ गठबन्धन अहिले समस्या नरहेको भन्दै गठबन्धन कायम रहने बताएका छन्।
बिहीवार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले यस्तो बताएका हुन्।
भट्टले राष्ट्रपतिको विषयले गठबन्धनमा समस्या नरहेको र एमाले नेतृत्वको गठबन्धन कायम रहने दाबी गरे। यस्तै उनले सबै गठबन्धनका दलहरूको सहमतिअनुरूप नै राष्ट्रपति चयन हुने पनि बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनका वेला भए...