गर्भनर अधिकारीको राजीनामा माग्दै विद्यार्थीले टाँसे राष्ट्र बैंक अगाडि कालो ब्यानर

काठमाडौं : सत्तारुढ दलका विद्यार्थी संगठनहरुले गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन्। बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँसेर उनीहरुले विरोध जनाएका छन्। ‘अवैध गभर्नर राजीनामा दे’ नारा लेखिएको ब्यानर उनीहरुले बैंक परिसर भन्दा अघि टाँसेका थिए। एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै…

सम्बन्धित सामग्री

गभर्नर बर्खास्तीको माग गर्दै आज कार्टुन प्रदर्शन हुदै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले आज बिहिबार कार्टुन प्रदर्शन गर्दै छन् । गभर्नर विरुद्द आन्दोलन गरिरहेका तीन विद्यार्थी संगठनहरु नेपाली कांग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)  र नेकपा एकिकृत समाजवादीको अनेरास्ववियूले पूर्व निर्धारित कार्यकम अनुसार आज कार्टुन प्रदर्शन गर्न लागेका हुन् ।विद्युअर्थी संगठनहरुले आज दिउँसो ३ बजे माइतीघर मण्डलामा  कार्टुन प्रदर्शन गर्न लागेका हुन्  । उनीहरुले यस अघि हिजो बुधबार राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरेका थिए  । साउन  ६ गते शुक्रबार देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने तय भएको छ । त्यस्तै  साउन ७ गते संघीय सांसदहरुलाई  गभर्नर बर्खास्तीको माग गर्दै आवाज संसद्‍मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।नेकपा एमालेले सार्वजनिक गरेको आफ्नो अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारीको नाम उल्लेख भएको र ति व्यक्ति गभर्नर नै भएकोले  विद्यार्थी संगठनहरुले उनको राजीनामा वा बर्खास्तीको माग गर्दै आन्दोलन थालेका हुन् । यद्यपि उनी स्वयंले भने आफु एम अधिअकरी नभएको र एमालेको विभागको सदस्य नरहेको बताएका छन् भने एमालेले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर नभएको प्रष्टीकरण दिएको छ।

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको कालो ब्यानर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले राष्ट्र बैक अगाडि कालो ब्यानर टाँसेको छन् । आज बिहान राष्ट्र बैकको कार्यालय अगाडि विद्यार्थी संगठनले व्यानर टाँसेको हो । उनीहरुले गभर्नर अधिकारीको राजीनामा माग गर्दै टाँसेको ब्यानर प्रहरीले हटाएको छ । यसअघि आइतबार अखिल  क्रान्तिकारी र नेविसंघले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक […]

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक परिसरमा कालो ब्यानर

४ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए […]