विभिन्न कम्युनिस्ट पार्टीहरूले मिलेर बन्न लागेको समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भने सहभागी नहुने भएको छ । अध्यक्ष यादवले सो केन्द्रमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।डा.बाबुराम भट्टराईले जसपामा हुँदा नै यो समाजवादी केन्द्रको अवधारणा ल्याएका थिए । अहिले उनी पार्टीबाट कारबाहीमा परेका छन् । नेता भट्टराईले पार्टीका नै हुँदा समाजवादी केन्द्रको अवधारणा ल्याएको हुँदा कतिपयले जसपाका अध्यक्ष यादव पनि समाजवादी केन्द्रमा समावेश हुने चर्चा चलेको थियो । अध्