छिमेकीको हत्या आरोपमा दुईजना पक्राउ

जनकपुरधाम : कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जानकारी दिए।गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका थिए। दु