हिमाल सरसफाइ अभियान २०२३ मा कोका–कोलाको सहयोग

काठमाडौं । चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गरेको जानकारी दिएको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुण हिमाल गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल सरसफाइ गर्ने यो अभियानमा कोका–कोलाले सबैभन्दा बढी सहयोग गरेको बताएको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भइरहेको यो अभियान विभिन्न गैर–नाफामूलक संस्था, कर्पोरेट हाउस, नागरिक समाज र रिसाइक्लिङ पार्टनरको संयुक्त प्रयासमा सञ्चालित छ । कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले जलवायु परिवर्तन विशेषगरी हिमाली क्षेत्रमा तीव्र रहेकाले कम्पनीले हिमाललाई बचाउन अभियानमा सहयोग गरेको बताए ।

सम्बन्धित सामग्री

हिमाल सरसफाइ अभियान २०२२ मा कोका–कोलाको साथ

काठमाडौं  । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासःहाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्दै छ । अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान […]